बसमा अचानक आगलागी भयाे

ललितपुर । ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको प्रहरीको भनाइ छ ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर