दीपक मनाङेले बेच्न खाेजेकाे मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त

काठमाडौं । गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । 

उनको आजै दिउँसो शपथ हुने कार्यक्रम छ । पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् ।

उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ । स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए ।  

मनाङेले छाडेको मन्त्रालयमा पौडेल आएपछि सबै मन्त्रालयले मन्त्री पाएको छ । गण्डकीमा ९ मन्त्रालय छन् । 

यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा राजनीतिक भागबण्डा मिलाउन ७ मन्त्रालयलाई फुटाएर ९ पुर्‍याइएको थियो । 

याे मन्त्रालय यसअघि स्वतन्त्र सांसद दीपक मनाङेले सम्हालेका थिए । उनले प्रदेशमा याे मन्त्रालयकाे कामै नभएकाे भन्दै किन्नेलाइ बेच्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर