काठमाडौं महानगरपालिकाले तीन स्थानमा नेपाल र बंगलादेशबीच फाइनल खेल प्रत्यक्ष देखाउने
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशबीच बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष देखाउने भएको छ।
काठमाडौँ महानगरपालिकाको टुंडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।
मेयर बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले दिएको जानकारी अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ।
साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भइरहेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन्।
बेलैमा व्यवस्थित तरिकाले टिकट वितरणकाे व्यवस्था एन्फाले नगर्दा बिहानैदेखि टिकट लिनेको भिड बढेको छ।
प्रतिकृया दिनुहोस