सुनको मूल्य एक लाख ६४ हजार ५००  

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार एकै दिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । 

चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर