गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ ।

सांसद गौतमको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उनलाई राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइए पनि कारण भने अझै खुलाइएको छैन ।

केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । त्यसअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टरमार्फत  सांसद गौचनको उद्धार गरिएको थियो ।

म्याग्दीकी गौचन गण्डकी प्रदेश सभामा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर