सुनको मूल्य ह्वात्तै घटेपछि उपभोक्ता हौसिए
काठमाडौं । सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।
मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।
प्रतिकृया दिनुहोस