उपनिर्वाचनमा माओवादीले खोल्यो खाता, पुथाउत्तरगङ्गा २ को अध्यक्षमा निर्विराेध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा खाता खोलेको छ ।

माओवादी उम्मेदवार विरुद्ध गठबन्धन बनाएरै लडेका सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । 

काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले भने ।

साे वडामा नेकपा एमालेका उम्मेदवार जीवन राेकाले माअाेवादीकै घर्तीलाइ सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् । दुइ पार्टीबाहेक अन्य उम्मेदवार साे वडामा थिएनन् ।

'एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि हाम्रो वडाध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ,’ उनले भने।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो। यद्यपि, घर्ती निर्विरोध निर्वाचित भएको आयोगले घोषणा गर्न भने बाँकी छ। 

रुकुम पूर्वको पुथाउत्तरगंगामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गर्दै उम्मेदवारी दिएका थिए। जस अनुसार गाउँपालिका उपाध्यक्षमा एमालेकी  केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकी थिइन्। 

त्यस्तै वडा नं. २ मा पनि एमालेका रोकाले उम्मेदवारी दिएका थिए। त्यसलाई कांग्रेसले सर्मथन गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर