सुनको भाउ ह्वात्तै घट्याे, कति पुग्याे ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको हो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो ।
आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ सय १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकै पटक सुनको भाउ ह्वातै ओरालो लागेको हो । चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन् । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकै पटक सुनको भाउमा व्यापक गिरावट आएको हो ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । आज एकै दिन सुनको भाउ ह्वातै घटेपछि सुनमा लगानी गरेकाहरु त्नावमा परेका छन् ।
प्रतिकृया दिनुहोस