सर्वाधिक चर्चा कमाएपछि ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध चोरीको आरोपमा निवेदन
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सर्वाधिक सफल भएपछि यस चलचित्र विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् ।
रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको बताए ।
अधिकारीका अनुसार अजितले यसअघि 'पूर्णबहादुरको सारङ्गी’का लेखकलाई 'लाज' कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।
यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।
प्रतिकृया दिनुहोस