कांग्रेसको सिट खोस्दै नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी विजयी
धनगढी । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४ हजार २७२ मत ल्याई निर्वाचित भएकी हुन्।
नेपाली कांग्रेसकी उम्मेदवार इन्द्रा सिंह (चन्द) लाई १ हजार १२५ मतले पछि पार्दै लामिछाने विजयी भएकी हुन्। इन्द्राले ३ हजार १४७ मत ल्याइन्।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्।
२०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो।
प्रतिकृया दिनुहोस