बालिका करणीको आरोपमा एमालेका पूर्वमेयर पक्राउ

झापा । नेकपा एमालेका स्थानीय नेता तथा बिर्तामाेड नगरपालिकाका पूर्व मेयर बालिका करणीकाे आरोपमा पक्राउ परेका छन् ।

घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको हाे ।

झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै बालिकालाई बिर्तामोड नगरपालिका–५ स्थित आफ्नै घरमा राखेका थिए ।

बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ । बालिका भारतको आसाम जान लागेकी थिइन् । कलेज ड्रेसमा आसाम हिँडेको भेटेपछि सामाजिक संस्थाका प्रतिनिधिले सोधपुछ गर्दा बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

 बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर