डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन् कमजोर
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २६ गते सबैभन्दा धेरै खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ थियो । डलरले बनाएके मूल्यलाई समेत तोड्दै नेपाली रुपैयाँ झनै कमजोर बनेको छ ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.२९ रुपैयाँ र बिक्रीदर १४२.९२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.६७ रुपैयाँ र बिक्रीदर १७३,४३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.८९ रुपैयाँ र बिक्रीदर १५३.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१९ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५।७७ रुपैयाँ र बिक्रीदर ९६.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८० रुपैयाँ र बिक्रीदर १०१.२५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९० रुपैयाँ र बिक्रीदर ८.९४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५३ रुपैयाँ र बिक्रीदर ३०.६७ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५३ रुपैयाँ र बिक्रीदर ४४२.४८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९० रुपैयाँ र बिक्रीदर ३५३.४५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस