हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । 

सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताए ।

यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगर( श्रेष्ठ)को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर