एमाले सिन्धुपाल्चोक अध्यक्ष, इञ्चार्जको असक्षमताका कारण सचिवालय र विभाग नै बनेन
सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष र जिल्ला इञ्चार्जको असक्षमताका कारण जिल्ला अधिवेशन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि केही काम गर्न नसक्दा एमालेका कार्यकर्ताहरु निराश भएका छन् । जिल्ला अधिवेशन सम्पन्न भएको आठ महिनामा हालसम्म जम्मा तिन पटक मात्रै जिल्ला कमिटीको बैठक बसेको छ ।
जिल्ला कमिटीको बैठक बसेपनि कुनै विभाग र सचिवालय समेत गठन नगर्दा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला इञ्चार्ज सरेश नेपालको नैतिकता माथी प्रश्न खडा भएको छ । जिल्ला अधिवेशन भएको लामो समय सम्म पनि कुनै काम गर्न नसकेका अध्यक्ष र जिल्ला इञ्चार्जले नैतिकता देखाएर पदबाटै राजीनाम दिनुपर्ने एमालेका नेता कार्यकर्ताहरुले बताउन थालेका छन् ।
विभाग र सचिवालय गठन गर्नुको सट्टा जिल्ला अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालले हुकुमी शासन देखाउदै विधि र विद्यान विपरीत जिल्ला अधिवेशनमा चुनाव हारेका हरुलाई मनोनीत गर्न लागेका छन् ।
जिल्ला अधिवेशनमा पराजीत विजयकृष्ण श्रेष्ठ,शोभा कार्की र विष्णुमणी आचार्यलाई जिल्ला कमिटीमा मनोनीत गरेर सचिवालयमा ल्याउने गृहकार्यमा अध्यक्ष र इञ्चार्ज लागेको जिल्ला कमिटीका एक पदाधिकारीले जानकारी दिए ।
जिल्ला अधिवेशनमा आम कार्यकर्ताहरुले आफ्नो मत मार्फत विजय गराएकाहरुलाई कुनै जिम्मेवारी नदिने बरु कार्यकर्ताहरुले मत मार्फत तिरस्कार गरेकाहरुलाई मनोनीत गर्ने अध्यक्ष र इञ्चार्जले के गर्न खोजेका हुन् ति पदाधिकारीले प्रश्न गरे ।
हामी कुनै हालतमा पनि निर्वाचनमा पराजय भएकाहरुलाई मनोनीत गरेर ल्याउने र सचिवालयमा ल्याउने अध्यक्ष र इञ्चार्जको योजना सफल हुन दिदैनौ उनले भने– पार्टीलाई विधी र विद्यानसम्म्त सञ्चालन गर्नुपर्छ ।
नेकपा एमाले सिन्धुपाल्चोकलाई एक ढिक्का बनाएर मिसन ०८४ पुरा गर्नुपर्नेमा जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ र जिल्ला इञ्चार्ज सरेश नेपाल पार्टी भित्रका इमान्दार कार्यकर्ताहरुलाई विभिन्न आरोप लगाउदै कारवाही को डण्डा बर्साउन लागेको एमाले नेताहरुको भनाई छ । कहिले काँग्रेसलाई जिताउने,आफ्नै उमेदवारलाई ३२ भोटले हराउने यस्ता इञ्चार्जले इमान्दार कार्यकर्ताहरुलाई टिक्न दिइरहेका छैन एमाले वागमती प्रदेश कमिटीका एक सदस्यले भने ।
प्रदेश कमिटीका लाई निम्ता छैन,कुनै जिम्मेवारी मा नभएका लाई बैठकमा
जिल्ला कमिटीको बैठकमा विद्यानत माथिल्लो कमिटीका नेताहरु,जिल्ला कमिटीका सदस्यहरु मात्रै बस्न पाउने व्यवस्था भएपनि प्रत्येक बैठकमा कुनै पनि कमिटीमा नभएकाहरुलाई भने बस्न मात्रै होइन बोल्न समेत दिएर अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालले एमालेको विद्यीको नै खिल्ली उडाएका छन् ।
जिल्ला कमिटीको सदस्य नभएका डिबी लामा,शशिनाथ आचार्य,शोभा कार्की लाई जिल्ला कमिटीको बैठकमा राखिएको थियो भने वागमती प्रदेशमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई भने अध्यक्ष र इञ्चार्ज निकटका अशोक चौलागाई लगायतलाई मात्रै बोलाइएको थियो । आफुहरुलाई बैठकमा नबोलाएको वागमती प्रदेश सदस्य निमफुञ्जो शेर्पाले जानकारी दिए ।
बाह्रविसे नक्कली सदस्य थप्दा लफडा
बाह्रविसे नगरपालिकामा पार्टी भित्र आफ्नो बहुमत पु¥याउने उदेश्यले गाउँमा नै नभएकाहरुको समेत नक्कली नाम बनाएर संगठीत सदस्यका लागि सिफारिस गरेपछि विवाद सुरु भएको छ । अध्यक्ष र इञ्चार्ज निकटका डिबी लामा लगायतको सल्लाहामा हुदै नभएका मान्छेको नाम राखेर संगठित सदस्यका लागि सिफारिस गरिएको छ ।
बाह्रविसे नगरपालिका–३ मा २५० भन्दा बढी नाम थपिएको छ,जबकी उक्त वडामा एमालेको पक्षमा ३०० मत पनि आउदैन । ७ नम्बर वडामा पनि १८० भन्दा बढी नक्कली नाम थपिएको छ । वडा नम्बर ८ का पार्टी अध्यक्षले संगठित सदस्यको आवेदन र पैसा सहित पार्टी कार्यालयमा बुझाएपनि हालसम्म सदस्यता स्वीकृत भएको छैन।
कात्तिक २ गते भित्र नगरपालिका कमिटीको बैठक बस्ने भनेर निर्णय भएपछि फर्जी नाम राखेर संगठीत सदस्यताको आवेदन दिइएको बाह्रविसे नगरपालिकाका एक पदाधिकारीले जानकारी दिए ।
विद्यानत अधिवेशनको मिती तोकेपछि सदस्यता स्वीकृत गर्न पाउदैन तर अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालको मिलेमतोमा डिबी लामा लगायतलाई खुसी पार्न र आफ्नो पक्कड देखाउनका लागि नक्कली नाम राखेर संगठीत सदस्य भरेको ति पदाधिकारीले जानकारी दिए ।
भुगोलमा छैन नाम,नेताको अगाडी देखाउने काम
वागमती प्रदेश र जिल्ला कमिटीका अधिकाश सदस्यहरु भुगोलमा होइन नेताको घर दैलोमा मात्रै भेटिने गरेका छन् ।
बैठक हुदा हुल बाधेर पिक्नीक आएको जस्तो गरेर आउने र अरु बेला नेताकै घर दैलोमा पुग्ने,नेताहरुको बारेमा नकारत्मक कुरा लगाउने लगायतका गतिविधिमा मात्रै एमालेका नेताहरु सीमित हुदा एमाले सिन्धुपाल्चोकको संगठन क्रम ध्वस्त हुदै गएको छ ।
अन्य पार्टीहरुसँग लड्नु पर्नेमा आफ्नै नेताहरुको बदख्वाइ गर्न मात्रै नेताहरुको दैलोमा जाने गरेको छन् ।
अशोक चौलागाई,हस्त पण्डित,बालकृष्ण देउजा,डिबी लामा,सरेश नेपाल होमनारयण श्रेष्ठ लगायतका अराजक नेताहरुको समुह एमालेका केन्द्रीय नेताहरुको दैलोमा बिहानै पुगेर इमान्दार नेताहरुको पक्षमा लगातार विष वमन गर्ने गरेको एमाले नेताहरुले गुनासो गरेका छन्
प्रतिकृया दिनुहोस