बंगुर बीमालेख प्राधिकरणले स्वीकृत गर्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बंगर बीमालेख जारी गरेको छ । पुस ४ गते निर्णयानसार सो बीमालेख स्वीकृत भएको हो ।

अब बंगुर प्रजातिका पशुधन बीमा बंगुर बीमालेख मार्फत गर्नुपर्नेछ । यसअघि सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिका पशुधनलाई पशुधन बीमालेख मार्फत बीमा गर्दै आएका थिए ।

यो बीमालेखले आगलागी वा अग्निको कारण भएको क्षति, हावाजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षतिको रक्षावरण हुनेछ ।

बीमितले दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्नुपर्ने प्राधिकरणले जनाएको छ । बीमा गर्दा २०० रुपैयाँ बीमा शुल्क लाग्नेछ । त्यस्तो बीमा शुल्कमा अनुदान भने उपलब्ध हुने छैन् ।

यस्तै, एक वर्ष भन्दा कम अवधिको लागि जारी हुने बीमलेखमा समेत बीमा शुल्क लाग्ने छ । एक वर्षभन्दा कम अवधिको लाग जारी हुने बीमालेखमा समेत दुर्घटना बीमाको अवधिमा एक वर्षको हुनेछ ।

एकभन्दा बढी कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लिने बीमितको दुर्घटना बीमाको अवधिमा बाँकी रहेको अवस्थामा पुनः अर्को दुर्घटना बीमालेख लिन अनिवार्य हुने छैन । तर, दुर्घटना बीमा अवधि समाप्त हुन अगावै कृषकलाई जानकारी गराउने जिम्मेवारी बीमा कम्पनीहरुको हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेख आवद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुुर्घटना गर्नुपर्नेछ । यस्तै, बंगुरको बीमा सामूहिक रुपमा गर्न सकने छ । तर, एउटै खोरमा पालन गरिएको बंगुरको आंशिक रुपमा बीमा गर्न भने नपाईने प्राधिकरणले जनाएको छ ।


दुघर्टना बीमा अवधि भित्र आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारण मृत्यु भएमा, स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरि रिढको हड्डी काम नलाग्ने भएमा कम्पनीले बीमाङ्क रकम भुक्तानी गर्नुपर्ने छ । यस्तै, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोली गाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भए र दुवै आँखााको दृष्टि गुमेमा पनि बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।

तर, बंगुर पालनबाट भएको क्षतिको कारणबाट अन्य अप्रत्यक्ष क्षति भएमा भने बीमा कम्पनीले भुक्तानी दिने छैनन् । प्राधिकरणका अनुसार अधिकार प्राप्त निकायको आदेशमा बंगुर नष्ट गरिएमा, विकिरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोरको संसर्ग ९कन्टामिनेशन० बाट बंगुरमा क्षति भए, आणविक, रासायनिक वा जैविक आ विकाशकारी हतियारको प्रयोगबाट बंगुरमा क्षति भएमा पनि बीमा कम्पनीले भुक्तानी दिने छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर