स्थानीय तहमा पनि माओवादीले थाल्यो चुनावः बेलकोटगढी नगर समितिमा न्यौपाने निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतिको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको हो ।

बेलकोटगढी नगर कमिटीको तेस्रो सम्मेलन गत २५ पुसमा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन । निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समितिको अध्यक्षमा निर्वाचित भए ।

कूल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

अध्यक्ष न्यौपानेले आफूहरूले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यसपटक त्यो प्रयोग भएको बताए ।  

उपाध्यक्षहरूमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए । सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगर समिति भने सर्वसम्मत चयन भएको थियो । पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरू मतदाता थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर