घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।
यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिकृया दिनुहोस