सुनचाँदीको मूल्य बढ्यो, एक लाख ६२ हजार आठ सय

सुनचाँदीको मूल्य बढ्यो, एक लाख ६२ हजार आठ सय 

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर