एलिनाको डिभोर्स भएपछि झापाली अर्की गायिका रचनाले लेखिन भावुक स्टाटस

काठमाडौं । विवाह भएको छोटो समयमानै सम्बन्ध विच्छेद भएको गायिका एलिना चौहानले घोषणा गरेकै दिन झापाकी अर्की गायिका रचना रिमालले भावुक स्टाटस लेखेकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा रचनाले एलिनासँगको आफ्नो सम्बन्ध र उनलाई परेको पीडा साट्न खोजेकी छन् । 

कतिपयले आफूहरुको बीचमा फाटो ल्याउन खोजेपनि दिदी बहिनीको सम्बन्ध राम्रो रहेको बताएकी उनले एलिना चौहान आफ्नो पारिवारिक पीडाबाट बाहिर निस्किएर फेरी मनैदेखि हाँस्ने उनले अपेक्षा गरेकी छन् । 

रचना लेख्छिन्ः हाम्रो चिनजान त हामि साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुँन त झट्ट हेर्दा अरुको नजरमा हामि बिच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामि बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सिमित व्यक्तिले नखोजेका भने होइनन । तर हामि निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रहयौँ, एक अर्काको दु: ख सुख साटिरहयौँ। हामि घन्टौँ फोनमा र भिडियो कलमा हाँसेका छौँ ,रोएका छौँ। दिदिको विवाह हुने कुरा सुनेर 'रचना जसरी नि आउँनु पर्छ अरु थाहा छैन' भनेर तपाईंले खबर गरे देखि म आफैमा एउटा छुट्टै खुशि थियो,  उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो 'कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन ?' बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिए, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो। विवाह पश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि 'दिदि तपाईं नेपाल नै आउनु है , यहि मिलेर काम गर्नुपर्छ ' भनेर मैले धेरै पटक आग्रह गरेँकी थिए। त्यसपछि तपाईं फर्कनुपनि भयो, सबै राम्रै भैरहेको थियो। तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पिडा थाहा पाउँदा कति समय म आफुलाई नै पिडा महसुस हुँन्थियो । अन्ततः  आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ। अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए,  आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर