सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा  सुन चाँदीको मूल्य  घटेको छ । आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य  पनि घटेको  छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ  कायम भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर