सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।
प्रतिकृया दिनुहोस