काठमाडौंका यी स्थानमा आज दिउँसो ५ घण्टा बिजुली जान्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशन गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती जानकारी दिएको हो।

बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कण्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ। सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चनगेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ। 

यस्तै, जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ। म"लपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिनेछ । 

सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ। 

जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मूलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने प्राधिकरणले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर