सरकारले घाटायो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ।

नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ। 

इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर