प्रचण्डको फाेटाे जलाउने राप्रपाका कार्यकर्ता पक्राउ

चितवन । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्बिर जलाउनेलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
प्रचण्डको तस्बिर जलाउने राप्रपाका नेता निराजन बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको गृहमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइएको थियो। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्।
कार्यक्रममा ती युवाले प्रचण्डविरुद्ध नारा लगाउँदै, गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए।
प्रतिकृया दिनुहोस