अमिर खानले चिनाए नयाँ प्रेमिका गौरी, सलमानलाई पनि गौरी खोजिदिने चर्चा

एजेन्सी । आमिर खानले गत शुक्रबार आफ्नो ६०औं जन्मदिन मनाए। जन्मदिनको पूर्वसन्ध्यामा भने उनले मिडियासँग साक्षात्कार पनि गरे।
मिडियासँगको साक्षात्कारमा उनले सबैलाई चकित पार्ने खुलासा गरे। आफ्नी प्रेमिकालाई भेटाएर उनले मिडियाकर्मीलाई चकित पारेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
गत बिहीबार आयोजित जन्मोत्सव समारोहमा आमिरले प्रेमिला गौरीसँग चिनजान गराएका थिए। उनले मिडियाकर्मीलाई आफ्नो गोपनियता कायम गर्न आग्रहसमेत गरे। 'मेरो व्यक्तिगत जीवनको गोपनियतालाई तपाइँहरूले ध्यान दिनुहुन्छ भन्ने विश्वास लिएको छ। कृपया कसैले पनि हाम्रो तस्बिर वा भिडियो सार्वजनिक नगरिदिनुहोला,' आमिरले मिडियाकर्मीलाई भनेका थिए।
गौरी बैंगलोर निवासी रहेको बताइएको छ। आमिरले गौरीलाई मिडियाबाट टाढा राख्ने बताएका थिए। 'हामीले हाम्रो सम्बन्धलाई अहिल्यै सार्वजनिक गर्न चाहँदैनौं। मेरो अनुरोधलाई तपाइँहरूले सम्मान गरिदिनुहुन्छ भन्ने आशा राखेको छु,' उनको भनाइ उद्धृत गर्दै बलिउड हंगामाले उल्लेख गरेको छ।
उक्त कार्यक्रममा साहरूख खानकाे पनि पत्नी गाैरी रहेकाे र सलमानलाइ पनि गाैरी खाेज्ने कुराकाे चर्चा भएकाे थियाे ।
उक्त समारोहमा गौरीले पनि मिडियाकर्मीसँग साक्षात्कार गरेकी थिइन्। उनले आफूले हालै बलिउड अभिनेताद्वय शाहरुख खान र सलमान खानलाई भेटेको बताएकी थिइन्। 'बलिउडमा कम्फर्टेबल हुँदैछु। कलाकारहरूसँग पनि भेटघाट गर्दैछु,' उनले भनेकी छन्।
आमिर खानले यसअघि दुईपटक विवाह गरिसकेका छन्। उनले सन् १९८६ मा रीना दत्तसँग विवाह गरेका थिए। दत्तसँग २००२ मा सम्बन्धन विच्छेत भएपछि उनले दोस्रो विवाद २००५ मा किरण रावसँग गरेका थिए। उनीहरूबीच सन् २०२१ मा सम्बन्ध विच्छेद भएको थियो।
प्रतिकृया दिनुहोस