पूर्वकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेविसंघ हराउँदै क्रान्तिकारीको जित

विराटनगर । पूर्वाञ्चलकै सबैभन्दा ठूलो र नेता जन्माउने क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जित हात पारेको छ । गएराति अबेर सकिएको मतगणनामा क्रान्तिकारीका रोहित यादव विजयी भएका हुन् । 

केन्द्रीय प्रविधि क्याम्पस धरानको स्ववियु निर्वाचनमा नेविसंघ, एमाले अनेरास्ववियु र  माधव नेपाल निकट अनेरास्ववियूको संयुक्त प्यानललाई पराजित गर्दै अखिल क्रान्तिकारी पेशलराज कार्की सभापतिमा विजयी हुनुभएको छ।

मोरङका ३ आंगिक र ५ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो । तीमध्ये केही स्थानको मतगणनासमेत सम्पन्न भइरहेको छ ।

मोरङका तीन अंगीक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नरसिंह क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ भने नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्।

मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन्। यस्तै मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै निर्वाचित भएको छ।

यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्। सुन्दर हरैचा स्थित सुकुना बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्।

पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर