रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौं महानगरले सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको छ।  

भूकम्पले क्षति पुगेर पुन: निर्माणपछि सर्वसाधारणका लागि बन्द गरिएको रानीपोखरी बेलुकी ५ बजे सम्म खुल्ला गरिएको हो।  

पुन:निर्माण सकिएपश्चात बिहानको समयमा मात्र खुल्ला गरिएको रानीपोखरी विगत ३ महिना देखि नै सर्वसाधारणको निम्ति खुल्ला राखिएको काठमाडौं महानगरका नगर प्रहरी ईश्वर वाग्लेले बताए।  

यससँगै रानीपोखरीको अवलोकन गर्न सर्वसाधारणलाई सहज भएको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर