मोरङ बेलबारी क्याम्पसकाे सभापतिमामा क्रान्तिकारीका कपिल विष्ट निर्वाचित

विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् ।
एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।
बेलबारी क्याम्पसमा अघिल्लो पटक नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो ।
आन्तरिक विवादको कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन । बेलबारी क्याम्पसमा आज निर्वाचन भएको थियो । योसँगै अखिल क्रान्तिकारीले मोरङमा मात्रै ६ वटा क्याम्पसको स्ववियु सभापति जितेको छ ।
प्रतिकृया दिनुहोस