थानकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

काठमाडाैं । हिजाे राति साँझ थानकोटमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ।

चितवनबाट काठमाडौँं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस दुर्घटना हुँदा अन्दाजी २५/२६ वर्षकी सबिना गुरुङको ज्यान गएको प्रहरी बृत्त थानकोटले जनाएको छ।

रोकेको अवस्था हाइस आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा ९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ।

चालक नुवाकोट बेलकोटगडि नगरपालिका–१३ का वर्ष ३० को राजेश घले गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा वर्ष ६८ की तारा देबी कुमाल, वर्ष ३३ की  बिन्दु देबकोटा, वर्ष ३३ की  बिन्दु देबकोटा, वर्ष ४० की अनिता थापा, वर्ष ४० की अनिता थापाकी छोरी वर्ष १७ की एरिसा थापा, वर्ष ३७ को मोहित गुरङ्, वर्ष २५ की सिमा कुमाल, वर्ष २५ की सिमा कुमालको छोरा वर्ष ६ को इसान कुमाल, वर्ष २० की कुसुम राई रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर