'टिके प्रथा'बाट पाण्डे बने प्रेस चौतारीको अध्यक्ष, राईले उम्मेदवार हुन पनि पाएनन्

विराटनगर । आन्तरिक लोकतान्त्रिक अभ्यासमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र त्यसका भ्रातृ तथा जनवर्गीय संगठनहरु कमजोर देखिएका छन् ।
त्यसको पछिल्लो उदाहरण बनेको छ एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी । चौतरीको विराटनगरमा आज सम्पन्न सम्मेलनले गणेश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
उम्मेदवार बन्न चाहानेहरुको तित्र इच्छा र हलको चाहानाका विपरित पार्टी नेता भानुभक्त ढकालले हस्तक्षेप नै गरेर अध्यक्षका आकाँक्षी राजेश राईलाइ उम्मेदवार नै बन्न नदिने र सर्वसम्मतका लागि दवाव सृजना गरेका थिए ।
अन्ततः नेताहरुको दबाब झेल्न नसकेर उनले हल समक्ष सम्बोधन गर्दै पछि हछे । उनी हटेपछि नेताहरुलाई गणेश पाण्डे नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे ।
त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।
प्रतिकृया दिनुहोस