भारतबाट थप ४ घण्टा विद्युत् ल्याउँदै सरकार

काठमाडौं । भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो।

इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो।

भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत्  दिने सहमति जनाएको हो। टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विजुली आयात गर्न सकिने बताइएको छ।

ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको हो। नेपालमा सुख्खा याममा हुने विद्युत् समस्या समाधानका लागि सरकारले भारतसँग थप विद्युत् माग गरेको थियो। 

नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो। तर, भारत सरकारले हाल: उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर