विश्वका सबैभन्दा कान्छा २१ अर्बपतिहरु, कसको नेटवर्थ कति ?

काठमाडौं। सामान्यतया मानिसहरुलाई सम्पति कमाउन वर्षौ लाग्छ, या जीवनभर पनि लाग्न सक्छ । सुन्दा अचम्म लाग्न सक्छ, तर विश्वका अर्बपतिहरुको सूचीमा ३० वर्ष या ३० वर्ष भन्दा सानो उमेरका २१ जना युवाहरु रहेका छन् ।
फोब्सले सार्वजनिक गरेको सूची अनुसार विश्वका अर्बपतिहरूको लगभग तीन–चौथाई ५० देखि ७९ वर्ष उमेरका छन् भने केवल १२ प्रतिशत ५० वर्ष मुनिका छन्। र त्यसमा दुर्लभ २१ जना १९ देखि ३० वर्षको उमेरसम्ममा अर्बपतिको हैसियत प्राप्त गर्न सफल भएका छन् ।
अचम्मको कुरा के छ भने, दुई जना बाहेक सबैले आफ्नो सम्पत्ति विरासतमा पाएका छन्। जसमा अष्ट्रेलियाका २९ वर्षिय एड क्रेभन जसले विश्वको सबैभन्दा ठूलो क्रिप्टो समर्थित अनलाइन क्यासिनो सञ्चान गरिरहेका छन् भने दोस्रो संयुक्त राज्य अमेरिकाका २८ वर्षिय अलेक्जान्डर वाङ रहेका छन् । उनले एआई डाटा एनोटेसन युनिकर्न स्केल एआईको सह स्थापना गरेका थिए ।
विश्वका सबैभन्दा कान्छा २१ अर्बपति
विश्वका सबैभन्दा कान्छा अर्बपतिको सूचीको पहिलो र दोस्रो स्थानमा इटलीका २३ वर्षिय दाजु लुका डेल भेचियो र २० वर्षिय भाई क्लेमेन्टे डेल भेचियो रहेका छन् । यस वर्ष उनको कुल नेटवर्थ ६.६÷६.६ बिलियन अमेरिकी डलर रहेको छ । यी दुई दाजु भाईको चश्माको विशाल कम्पनी एसिलोरलक्सोटिकामा स्वामित्व छ भने उनीहरूको पारिवारिक होल्डिंग संस्था डेल्फिनको इटाली र फ्रान्समा आधारित बैंक युनिक्रेडिट र बीमाकर्ता जेनेराली सहित अन्य विभिन्न कम्पनीहरूमा पनि हिस्सेदारी रहेको छ।
यस्तै यस सूचीमा जर्मनीका २७ वर्षिय म्याक्सिमिलियन भोन बाउम्बाख, २५ वर्षिय क्याथरिना भोन बाउम्बाख, २३ वर्षिय फ्रान्ज भोन बाउम्बाख र १९ वर्षिय जोहानेस भोन बाउम्बाख गरि ४ दाजु बहिनी रहेका छन् । यीनीहरु औषधि निमार्ता कम्पनीका उद्यमी हुन् । यी चारै जना औषधि निर्माता कम्पनीका उत्राधिकारी हुन् । यीनीहरु चारै जनाको कुल नेटवर्थ समान ५।४ बिलियन अमेरिकी डलर रहेको छ ।
अर्का सबैभन्दा कान्छा अर्बपतिको सूचीमा आयरल्याण्डका २८ वर्षिय फिरोज मिस्त्री र २६ वर्षिय जाहन मिस्त्री गरी दुई दाजुभाई रहेका छन् । उनीहरुको कुल समान नेटवर्थ ४ बिलियन अमेरिकी डलर रहेको छ । उनहिरुको मुम्बईस्थित बहुराष्ट्रिय समूह टाटा सन्समा १६५ अर्ब डलर ९४।६० प्रतिशत हिस्सेदारी रहेको छ । सन् १८६८ मा स्थापना भएका। यो समूह हाल छ महादेश र १०० भन्दा बढी देशहरूमा यसको उपस्थिति छ।
यस सूचीमा अर्को नाम जर्मनीका २२ वर्षिय केभिन डेभिड लेहमन रहेका छन् । सन् २०१७ मा लेहमनका बुवाले जर्मनीको अग्रणी औषधि पसल शृङ्खला, डीएम–ड्रोजेरी मार्केटमा उनलाई ५० प्रतिशत हिस्सेदारी दिएका थिए । त्यतिबेला उनी १४ वर्षका थिए । १९७३ मा स्थापना भएको केही समयपछि, उनका बुबाले पहिलो पटक १९७४ मा ब्रान्डमा लगानी गरेका थिएस त्यसपछि यो युरोपभरि लगभग ४,१२० स्टोरहरूको स्वामित्वमा बढेको छ।
यस सूचीमा अर्को नाम जर्मनीका ३० वर्षिय सोफी लुइस फिलम्यान, अस्ट्रेलियाका २९ वर्षिय एड क्रेभेन र फ्रान्सका २३ वर्षिय रेमी ड्यासल्ट रहेका छन् । यीनीहरूको समान कुल नेटवर्थ २।८ बिलियन डलर रहेको छ ।
यस सूचीमा अर्को नाम नर्वेका २९ वर्षिय क्याथरिना एन्ड्रेसन र २८ वर्षिय बहिनी अलेक्जान्ड्रा एन्ड्रेसन रहेका छन् । यी दुई दिदी बहिनीले पनि आफ्नो सम्पति विरासतमै पाएका हुन् । उनका बुबाले २००५ मा बेचेको १५० वर्ष पुरानो चुरोट साम्राज्यबाट आएको रकम रियल इस्टेट, वित्त र विभिन्न निजी नोर्डिक कम्पनीहरूमा लगानी ग¥यो । हाल यी कम्पनीहरुमा दाजुको स्वामित्व ५८ प्रतिशत र बहिनीको ४२ प्रतिशत रहेको छ । यी दुई दिदी बहिनीको नेटवर्थ क्रमशः २ विलियन अमेरिकी डलर र १।९ विलियन अमेरिकी डलर रहेको छ ।
यस्तै फोब्सको अर्बपति युवाहरुको सूचीमा साउथ कोरियाका दुई दिदी बहिनी २३ वर्षिय किम जङ मिन र २१ व्र्षिय बहिनी किम जङ युन रहेका छन् । उनी र उनकी बहिनी ले २०२२ मा आफ्ना बुबा, कम्पनीका संस्थापक किम जंग–जुको मृत्युपछि दक्षिण कोरियाली–जापानी अनलाइन गेमिङ कम्पनी नेक्सनमा लगभग ९ प्रतिशत हिस्सेदारी प्राप्त गरे। १९० भन्दा बढी देशका गेमरहरूले नेक्सनको ८० भन्दा बढी लाइभ गेमहरूको स्लेट सञ्चालन गर्छन्, जसमा मेपलस्टोरी, कार्टराइडर र डन्जियन एण्ड फाइटर समावेश छन्।
यस्तै यस सूचीमा बाज्रिलका दुई दिदी बहिनी २७ वर्षिय डोरा भोइग्ट डे एसिस र २० वर्षिय लिभिया भोइग्ट डे एसिस रहेका छन् । यिनीहरुको कुल नेटवर्थ छुट्टा छुट्टै १।२ बिलियन अमेरिकी डलर रहेको छ । ब्राजिलियन विद्युतीय मोटर उत्पादक वेगको ३।१५ स्वामित्व राख्छन्, जुन उनीहरूका दिवंगत हजुरबुबा वर्नर रिकार्डो भोइग्टले १९६१ मा सह–स्थापना गरेका थिए। यस कम्पनीले प्रत्येक वर्ष २ करोड १० लाखभन्दा बढी विद्युतीय मोटरहरू उत्पादन गर्छ र १३५ भन्दा बढी देशहरूमा निर्यात गर्छ।
यस्तै जमर्नीका २४ वर्षिय म्याक्सिम तेबार पनि १।१ बिलियन अमेरिकी डलर सहित यस सूचीमा समावेश भएका छन् । चेनसा र अन्य ह्यान्डहेल्ड पावर उपकरणहरूको विश्वको अग्रणी निर्माता कम्पनी स्टिहलमा उनको लगानी छ । यो कम्पनी १९२६ मा एन्ड्रियास स्टिहलद्वारा स्थापित भएको थियो, जसले पहिलो दुई–व्यक्ति इलेक्ट्रिक चेनसा बनाएका थिए। अब यो १६० भन्दा बढी देशहरूमा उपस्थित भएको छ, यो कम्पनी पूर्ण रूपमा परिवारको स्वामित्वमा रहेको छ।
प्रतिकृया दिनुहोस