टेस्ला नेपालमा वाणिज्य विभागको छापा

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टेस्ला नेपाल प्रा.लिमा छापा हानेको छ । 

विभागले एक विज्ञप्ती जारी गर्दै ललितपुरको चाकुपाटस्थित प्रा.लिको कार्यालयमा अनुगमन गरेको हो । सो क्रममा केही कैफियत देखिएकाले ३ दिन भित्र कागजातसहित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । 

विभागका अनुसार मंगलबार गरिएको अनुगमनका क्रममा विभिन्न ८ उद्योग तथा फर्महरुमा अनुगमन गर्दा केहीलाई सामान्य निर्देशन दिएर छोडिएको तथा केहीलाई विभागमा हाजिर हुन निर्देशन दिइएको जनाइएको छ । 

विभागले कुलेश्वरमा रहेको न्यू शुभश्री ट्रेडिङलाई ५ हजार जरिवाना गरेको छ । शिवम् सोनु ट्रेडर्स, जनता केवल इन्डस्ट्री, प्रशान्त ट्रेड लिङ्क र परफेक्ट अटो इन्टरप्राइजेजलाई पनि कागजातसहित ३ दिनभित्र उपस्थित हुन विभागले निर्देशन दिएको छ । 

विभागको नेतृत्वमा सहसचिव कुमार दाहाल आएपछि विभागले एमआरपी प्राइस ट्याग अनिवार्य गराउने लगायतका उपभोक्ता हीतका विषयमा अनुगमन बढाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर