फेरि २७ सयले बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड

काठमाडौं । काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । 

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर