मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका- ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका- ७ कि १३ वर्षीया मानुसी मगर छन्।
मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।
चालक सर्लाहीको बागमती गाउँपालिका-५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ।
प्रतिकृया दिनुहोस