ज्ञानेन्द्रलाई सिटौलाले भनेः तपाईँलाई खाडलमा लगेर फाल्ने छन्

विराटनगर । राजावादीहरुको जारी आन्दोलनबारे नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कडा टिप्पणी गरेका छन् । पूर्वमहामन्त्री सिटौलाले राजावादीहरू अहिले छटपटाइरहेको टिप्पणी गरे ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, ‘पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ । यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफैँ निम्त्याउन नखोज्नुहोस्।’
यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्न राजावादीलाई उनले सुझाव दिए।
सिटौलाले पूर्व राजा ज्ञानेन्द्रलाई पनि अरूको उक्साहटमा नलाग्न सुझाव दिए।
उनले भने, ‘तपाईँ उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लगेर फाल्ने छन्।’
म फेरि राजा बन्छु भन्ने कल्पना पनि नगर्न पूर्वराजालाई उनले सुझाव दिए।
प्रतिकृया दिनुहोस