एमालेकै मन्त्रीले बहिष्कार गरे प्रधानमन्त्री ओलीकाे कार्यक्रम

बुटवल । प्रधानमन्त्री केपी ओली लुम्बिनीमा सत्ता पक्षकै मन्त्री र सांसदहरूकाे बहिष्कारमा परेका छन् । उनी सहभागि कार्यक्रममा प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरे ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।

कार्यक्रममा आफूहरुलाई अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।

सांसद गुप्ता जनमत पार्टीका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन ।

एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थल बाट हिँडेको प्रतिक्रिया दिए ।

सांसद गुप्ताले भने संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर