देउवा निकट महतले भनेः प्रधानमन्त्रीको भूमिका राम्रो भएन

काठमाडौं । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच असझदारी बढेको चर्चा चलिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् ।

कांग्रेसमा शेखर कोइराला तथा गगन थापा पक्षीय नेताहरुले यसअघि देखिनै आलोचना गरिरहेका थिए । तर यसपटक देउवा पक्षकै नेता महतले प्रधानमन्त्री ओलीको कटाक्ष गरे । 

आइतबार प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासोलाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको बताएका हुन्।

त्यसकारण  प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने उनले बताए।

सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको उनको आरोप छ। त्यसबारेमा प्रधानमन्त्रीले समन्वय र सहकार्य पनि नगरेको महतले बताए।  

उनले सक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली कांग्रेस रहेको उनले बताए। प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको उनको भनाइ छ।

सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनितिक नेतृत्वले अनावश्यक आश्वासन बाँढ्दै हिड्न हनुने पनि बताए

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर