आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालिकामा इला होटेल सञ्चालनमा आउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालिमा इला होटेल तथा रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । सोमबार औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।  

मौलाकालिका केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध छन् ।

केबलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरूरको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटेल सञ्चालनसँगै दुई वटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आउने छन् ।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटेल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर