सतुंगलमा आगलागीबाट १० पसल जले

काठमाडौं । काठमाडौंको सतुंगलमा विहान भएको आगलागीबाट १० पसल जलेका छन् । आगलागी अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ।
'काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गगल चोकस्थित कपडा पसल र कम्प्लेक्समा जेठ १ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । आगलागी नियन्त्रणको लागि ५ वटा दमकल प्रयोग गरिएको थियो' ससस्त्र प्रहरीले भनेकाे छ ।
बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो अन्यत्र पनि सल्किएकाे थियाे । अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो।
त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायरहरूमा पूर्ण रूपमा क्षति पुगेको डिएसपी थापाले बताए। ४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको छ।
प्रतिकृया दिनुहोस