सांसद चढेको कारलाई डिएसपीकाे गाडीले ठक्कर दियाे !

विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ । पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो ।
कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का थिए भने सांसद सवार कारका चालक झापा दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनाका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन ।
सांसद मैया श्रेष्ठ लावती नेपाली काँग्रेसकी सांसद हुन । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नं. ४ (१)बाट निर्वाचित भएका हुन् ।
नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिध्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस