अर्थमन्त्री पौडेलले बाेलाए गभर्नर सिफारिस समितिकाे बैठक  

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन्।

अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक आह्वान गरेका हुन्। समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे सदस्य छन्।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो।

उक्त कुराकानीपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाएका हुन्।

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए। गभर्नरमा सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्। 

गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ। सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ति गर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर