कान्तिलोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडाैं । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अहिले यातायातकाे आवतजावत बन्द छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरीकाे भनाइ छ।
कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौंडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे।
प्रतिकृया दिनुहोस