कान्तिलोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

File_Photo

काठमाडाैं । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अहिले यातायातकाे आवतजावत बन्द छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरीकाे भनाइ छ।

कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौंडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर