ए एम बी ह्ममन रिसोर्सले कुवेत पठाएका १३ युवा अलपत्र, उद्दारका लागि अपिल

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका १३ जना नेपाली युवा अलपत्र परेका छन् । अलपत्र परेको अवस्थाबाट उनीहरुले उद्दारका लागि सामूहिक अपिल गरेका छन् ।
ए एम बी ह्ममन रिसोर्सले हल्का सवारी चालक लगायतमा रोजागरीका लागि भन्दै कुवेत पठाएका युवाहरु अलपत्र परेका हुन् । उनीहरुले कुवेत पुगेको ४,५ महिनासम्म पनि कुवेतमा कुनै रोजगारी तथा परिचय पत्रसमेत नपाएर अलपत्र परेको उनीहरुले बताएका छन् ।
२ देखि ३ महिनासम्ममा रोजगारीका लागि सबै प्रवन्ध मिल्ने भन्दै प्रतिव्यक्ति अडादेखि ३ लाखसम्म असुलेर ए एम बी ह्युमन रिसोर्स प्रालिले कुवेत पठाएपनि अहिलेसम्म अलपत्र परेर बस्नुपरेको उनीहरुको गुनासो छ ।
विदेश जानका लागि लिइएको ऋण र दुःख पाउनुपरेको अवस्थाका कारण अब आफूहरु स्वदेश फर्कन चाहेको र त्यसका लागि आवस्यक व्यवस्था मिलाईदिन समेत उनीहरुले माग गरेका छन् ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय मातहत वैदेशिक रोजगार विभागमा जेठ १६ गतेको मितिमा पत्र लेखेका उनीहरुले आफूहरुलाई पठाउने कम्पनीको बारेमा समेत विस्तृतमा जानकारी गराएका छन् ।
८९२/०६७/०६८ लाइसन्स नम्बर रहेको ए एम बी ह्ममन रिसोर्स कम्पनी बसुन्धरा चोकमा रहेको छ ।
पीडितहरुले कम्पनी संचालक तथा एजेन्टहरु भनेर कृष्ण प्रसाद पुडासैनी (९८४४...८६२४), मोहन बस्नेत, (९८५१०९...२०), धनबहादुर सारु मगर, भीमनाथ पौडेल, राजेश प्रसाद जैसवाल र रत्नबहादुर पौडेल रहेको बताएका छन् ।
कुवेतमा पीडित हुने १३ युवाहरुमा भीमबहादुर बस्नेत, जनार्दन घिमिरे,लालकाजी भुजेल, थम्मनबहादुर नेपाली, नियन राजबंशी, राजेश चौधरी, विक्रम थापा, गोविन्द कुंवर, उदय न्यौपाने, निमा छिरिङ शेर्पा, बनिस गौतम, रुपेश लो तामाङ र सागर कुमार योङहाङ रहेका छन् ।
प्रतिकृया दिनुहोस