थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्री बनिन् मिस वर्ल्ड

काठमाडौं । थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्ड ७२औँ संस्करणको ताज जितेकी छन्।
७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई ताज पहिराएर सम्मान गरिन्।
प्रतियोगितामा पहिलो रनर–अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर–अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्।
ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए ।
सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।
नन्दिनी अन्तिम दौडबाट बाहिरिएकी थिइन्। कार्यक्रममा बलिउड कलाकार ज्याक्लिन फर्नान्डिस र इशान खट्टरको लाइभ प्रस्तुति रहेको थियो ।
मे ७ मा सुरु भएको यो प्रतियोगिता मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो।
समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले भारतको तेलंगानामा आयोजना गरिएको थियो।
प्रतिकृया दिनुहोस