उद्यमशीलता प्रवर्द्धनका लागि जनकपुरमा युवा सम्मेलन

जनकपुरधाम। राष्ट्रिय युवा परिषदद्वारा मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ। परिषदले ' युवाका लागि अवको निकास , उद्यमशीलता, रोजगारी र सिप विकास' भन्ने मुल नारा सहित प्रदेश स्तरीय उद्यमशीलता सम्मेलन गरिरहेको छ।
विहिवार जनकपुरधाममा आयोजित सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसपटक युवा तथा खेलकुद मन्त्रालयको वजेट गतवर्षको भन्दा दोब्बर भएकाले युवाका पक्षमा अधिकतम् काम गर्ने सकिने वताए। ' युवासंग युवा मन्त्री ' अन्तरसंवादमा मन्त्री चौधरीले आफु स्वयं कठोर मेहनत र अविराम सङ्घर्षवाट सफल उद्यमी वन्न सकेको उदाहरण पेश गरेका थिए।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले मधेस प्रदेशमा युवाहरुको उद्यमशीलता र स्टार्टअपको कार्यक्रम ल्याउन लागेको वताए। मन्त्री जैसवालले मधेसमा युवा सशक्तिकरणका लागि प्रदेश युवा परिषद गठन वारे छलफल भइरहेको जानकारी दिए। मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौसल किशोर रायले प्रदेश सरकारको नीति तथा कार्यक्रममा युवा उद्यमशीलता र रोजगारीलाई उच्च प्राथमिकता दिइने वताए।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारकावाट सञ्चालित युवा लक्षित नीति, योजना र कार्यक्रमवारे युवाहरुलाई जानकारी गराउन सम्मेलन आयोजना गरिएको वताए। बसनेतले सम्मेलनमा उद्यमशीलता प्रवर्द्धनका लागि युवाहरुलाई स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिबृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गरिएको वताए।
सम्मेलनको अर्को सत्रमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले युवाको जनसाङ्ख्यिक लाभको भरपुर सदुपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनमा तिनै तहका सरकारको मुख्य जोड हुनुपर्ने वताए। सम्मेलनमा मधेस प्रदेशका सांसद रहवर अन्सारीले उद्यमशीलतालाई जीवन प्रद्धतिको रुपमा सवैले आत्मसात् गर्नुपर्ने धारणा राखे।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहले मधेसका युवाहरुलाई सिप विकास र उद्यमशीलता प्रवर्द्धनको माध्यमवाट आत्मनिर्भर वनाउन आफुहरु लागिरहेको वताए। साहले मधेसमा वेरोजगारी र युवा पलायनको समस्या डरलाग्दो रहेको वताए।
मधेस सरकार उद्योग तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले युवाहरुलाई स्वदेशमै आशा जगाउन उद्यममैत्री नीति , योजना र कार्यक्रम निर्माणमा जोड दिए। राष्ट्रिय वाणिज्य वैंकका मुख्य प्रवन्धक रिसव भट्टराईले युवाहरुमा धैर्यताको कमी भएको वताउंदै उपयुत्त ब्यवसायिक परियोजना लिएर आएमा सहुलियत कर्जाका लागि वैंकहरु तयार रहेको वताए।
सम्मेलनमा नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले स्काउटिङ् शिक्षा मार्फत् देशभरका स्काउट युवाहरुलाई उद्यम संस्कृतितर्फ अभिप्रेरित गरिने वताए। युवा मामिला हेर्ने मधेस प्रदेश योजना आयोगकी सदस्य ललिताकुमारी यादवले मधेसमा महिला युवाहरुको सशक्तिकरणमा प्राथमिकतापुर्वक ध्यानदिनुपर्ने वताइन्। परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमशीलता र सशक्तिकरणका लागि परिषदले यथाशक्य सवै प्रदेशमा सम्मेलन आयोजना गर्ने वताए। उनले कोशी प्रदेशमा गत जेठ २० गते नै सम्मेलन सम्पन्न भइसकेको र आगामी जेठ २७ गते गण्डकीमा आयोजना हुने समेत जानकारी दिए।
प्रतिकृया दिनुहोस