सूर्यविनायकमा एमालेबाट निर्वाचित मेयर भ्रष्टाचारमा मुछिएपछि निलम्बन

भक्तपुर । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रिमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ।
सो जग्गा गैरकानुनी रुपमा खरिदबिक्रिमा संलग्न रहेको भन्दै आयोगले थापाविरुद्ध पनि मुद्दा चलाएको हो । मुद्दा चलेसँगै उनी स्वतः पदबाट निलम्बनमा पर्ने भएका छन् ।
थापाले पतञ्जली योगपिठसँग उनले जग्गा खरिद गरेका थिए। हदबन्दीभन्दा धेरै जग्गा खदिरबिक्रि गर्न नपाइनेमा उनले खरिद गरेको आधारमा प्रतिवादी बनेका हुन्।
यसमा सो समूहसँग उनको साँठगाँठ रहेको आयोगको निष्कर्ष छ । सरकारको नाममा आउनुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा जग्गा हाल मेयर थापाको नाममा छ ।
अख्तियारले बिहीबार यस भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
चिनजानको व्यक्ति डिल्लीध्वज बराईलीसँग थापाले पतञ्जलीकाे जग्गा किनेका थिए । सो जग्गा साँगामा रहेको छ ।
थापा २०७४ र २०७९ को सथानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन् ।
हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गा.वि.स.वडा नं.४(ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खिद गरेको बयान दिएका छन् ।
'जग्गाधनी श्रेस्ताहरुमा उल्लेखित नाम बासुदेव थापा म नै हो। दोलखा जिल्ला जुगुं बस्ने हाल सुर्यविनायक न.पा. ८ बस्ने डिल्ली ध्वज बराईलीसँग १ करोड ३० लाख ६६ हजारमा १० महिना अगाडि खरिद गरेको हँ, हाल प्रयोगमा छैन, कसैलाई बिक्री वितरण पनि गरेको छैन' भनेर २०८१ कात्तिकमम अख्तियारमा बयान दिएका थिए ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वत: निलम्बन हुने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस