नागढुंगा-नौबिसे सडक आजदेखि ५ दिन बन्द

काठमाडाैं । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक आजदेखि ५ दिन बन्द हुने भएकाे छ । स्तरोन्नतिको काम भइरहेकाले सडक बन्द गरिएकाे हाे ।

बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ।

यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो। त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो। 

तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ।

आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ। 

दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। 

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ ।

त्यस्तै, वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडकहुँदै जान सकिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर