अख्तियारले बोलायो मेयर बालेन शाहलाई, कसले हाल्याे उजुरी ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ ।
गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको स्रोतले जनाएको छ ।
कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत साल फ्रान्स गएका थिए । त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रुपमा सहभागी भएका थिए । मेयर साहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गरेका थिए ।
साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो । गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल आएका थिए । त्यहाँ जाँदा उनले सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो ।
वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्नेमा व्यवस्था रहेको छ । तर बालेनलगायतका उनका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयनबेगर गएको महालेखाले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस